राष्ट्रिय सहकारी बैंक कावासोती समन्वय उपसमितिको पदस्थापन

आदर्श अनलाइन, नवलपुर

राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखा समन्वय उप–समिति नवलपुरका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

बैंकको सञ्चालक समितिले मनोनयन गरेका संयोजक, सल्लाहकार तथा सदस्यहरुलाई बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले पदस्थापन गराउनु भएको हो । शाखामार्फत सदस्य संस्थाहरुसंगको सम्बन्ध प्रभावकारी बनाउन उपसमितिका संयोजक तथा सदस्यहरुलाई बैंकका सञ्चालक जिसीले आग्रह गर्नु भयो ।

पदस्थापन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारी संस्थाहरुलाई वित्तीय सक्षम बनाउन तथा संस्थागत रुपमा अगाडि बढाउनका लागि बैंकको शाखा समन्वय उपसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सहयोगी भूमिका निर्वाह गनर् आग्रह गर्नु भयो ।

राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिले कावासोती शाखा समन्वय उपसमितिको संयोजकमा किसान बचत तथा ऋण सहकारी संस्था गैडाकोटका तिलक पराजुलीलाई चयन गरेको छ । यस्तै उपसमितिका सदस्यहरुमा जिल्ला वचत तथा ऋण सहकारी संघका सचिव होमनाथ जैसी, सिर्जनशिल वचत तथा ऋण सहकारी संस्थाका छविलाल अर्याल, नवप्रतिभा वचत तथा ऋण सहकारीका रामप्रसाद काफ्ले, कालीगण्डकी वचत तथा ऋण सहकारीका सीतादेवी पंगेनी सिग्देल, अमर बहुउद्देश्यीय सहकारी संस्थाका श्यासुन्दर लामिछानेलाई मनोनयन गरेको छ ।

यस्तै उपसमितिका सदस्यहरुमा नवत्रिवेणी वचत तथा ऋण सहकारी संस्थाका नारायणप्रसाद पौडेल, कावासोती बहुउद्देश्यीय सहकारी संस्थाका कृष्णकुमार सिग्देल, गैडाकोट स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्थाका पोषणराज सुवेदी तथा सदस्य सचिवमा शाखा प्रमुख अरुणा अधिकारी रहनु भएको छ । उपशाखा समन्वय उपसमितिको सल्लाहकारमा जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष केशव प्रसाद सापकोटा र जिल्ला वचत तथा ऋण सहकारी संघ नवलपुरका अध्यक्ष माधवप्रसाद गौतम रहनु भएको छ ।

यसैबीच शाखा समन्वय उपसमितिको पहिलो वैठक मंगलवार नै सम्पन्न भएको छ । वैठकले बैंकमा सदस्य वृद्धि, कारोवार वृद्धिका लागि सदस्य संस्थाहरुसंग भेटघाट गर्ने निर्णय गरेको छ । सदस्य संस्थाहरुमा पुगेर उनीहरुको आवश्यकता पहिचान गरी सहकारी व्यवसायलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने तालिम सञ्चालन गर्ने निर्णय गरिएको संयोजक पराजुलीले जानकारी दिनुभयो । नवलपुर जिल्लाका सबै सहकारीहरुलाई बैंकमा आवद्ध बनाउनका लागि अभियानसंग समन्वय गरेर अगाडि बढ्ने शाखाले जनाएको छ ।

राष्ट्रिय सहकारी बैंकको कावासोती शाखामा १ सय १५ सदस्य संस्था, १ करोड शेयर पूँजि, निक्षेप २९ करोड र कर्जा लगानी १६ करोड रहेको शाखा प्रमुख अरुणा अधिकारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *