व्यवसायी हमालद्धारा पत्रकार भवनका लागि ५५ हजार सहयोग

आदर्श अनलाइन, बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि पर्वतका निर्माण व्यवसायी विप्लव हमालले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

महासंघ भवन निर्माणका लागि सञ्चालित ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानमा हमालले उक्त सहयोग प्रदान गर्नुभएको हो । उक्त रकम हमालले एक कार्यक्रमका बीच पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गर्नुभयो ।

रोटरी क्लब अफ बागलुङले पर्वत नयाँ पुलमा अघिल्लो बर्ष आयोजना गरेको बनभोज कार्यक्रममा महासंघ टिमसँग उक्त सहयोग प्रदान गर्ने उद्घोष गर्नुभएको थियो । आँफुले पनि केही बर्ष पत्रकारितामा काम गरेको हिसावले यस क्षेत्रका समस्या, चुनौति र भुमिकाका बारेमा राम्रो बोध भएकाले पत्रकार महासंघको संस्थागत विकासका लागि सहयोग प्रदान गरेको निर्माण व्यवसायी हमालले बताउनुभयो । २०७३ सालदेखि निर्माण शुरु गरिएको पत्रकार महासंघ भवन निर्माण कार्य अहिले अन्तिम चरणमा छ । अब पत्रकार महासंघ स्मारक, सभाहल व्यवस्थापन र सहयोगदाताहरुको नामावली शिलालेखमा लेख्ने कार्य बाँकी छ ।

पत्रकार महासंघ भवनका लागि अहिले सम्म बिभिन्न संघ संस्था सहित ३ सय बढीले स्वतस्फुर्त सहयोग प्रदान गरेको पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन पत्रकार महासंघका शाखा सदस्य सिर्जना पन्तले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *