क्यान्सर पीडित मिठे परियारलाई जापानबाट ७७ हजार सहयोग

आदर्श अनलाइन, बागलुङ

जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ५ (साविक बिनामारे गाविस ७)का क्यान्सर रोगबाट पीडित ५५ वर्षिया मिठे परियारलाई जापानबाट सहयोग प्राप्त भएको छ ।

पटक पटक बिरामी भइराख्ने समस्या भए पछि एक महिना अघि मात्र भरतपुर क्यान्सर अस्पतालमा परिक्षण गर्दा क्यान्सर भएको खुलेको थियो ।

क्यान्सर पीडित मिठेको पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण जापानमा रहेका जैमिनी बिनामारेका प्रकाश केसी र शिव पौडेलको पहलमा जापानमा रहेका युवाहरुबाट ७७ हजार रुपैयाँ संकलन भएको थियो । उक्त सहयोग रकम राष्ट्रिय युवा संघ बागलुङका सदस्य तथा युवा व्यवसायी केशव शर्माले भरतपुर क्यान्सर अस्पतालमा उपचाररत परियारलाई सोही स्थानमै पुगेर आइतवार हस्तान्तरण गरेका छन् ।

परियारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा निकै समस्या र सकस भएको जानकारी पछि स्वतस्फुर्त रुपमा १३ जना जैमिनीका साथीसंगीबाट सहयोग रकम संकलन गरी उपचार सहयोगार्थ प्रदान गरिएको जापानमा रहेका प्रकाश केसीले आदर्श अनलाइनलाई बताए ।

पीडित मिठु परियारका परिवारले उपचारमा आर्थिक समस्याले ठुलो चिन्ता थपिएकाले सहयोग गरिदिन सबैसँग अपिल समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *