नेकपा बडिगाडको पूर्ण बैठक,चैत्र १ देखि तीन महिने अभियान

कमल पौडेल,बडिगाड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाड गाउँ कमिटीको पूर्ण बैठक मंगलवार ग्वालीचौरमा सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य शुनिल शेरचनले पार्टीको केन्द्रिय कमिटी तथा प्रदेश समितिले गरेको निर्णय जानकारी गराउँदै निर्देशनात्मक मन्तव्य व्यक्त गर्नुभयो ।

नेकपा प्रदेश कमिटी सदस्य तथा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले कम्युनिष्ट पार्टीको सरकारले गरेको कामको बारेमा जानकारी गराउँदै सवै कार्यकर्तालाई उत्साहपूर्वक पार्टी तथा विकास निर्माणमा लाग्न निर्देशन दिनुभयो ।

बैठकले जिल्ला कमिटीले तय गरेको ३ महिने अभियानका वडिगाड इन्चार्ज तथा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले अभियानको जानकारी गराउँदै सदस्यता नविकरण तथा भेला वैठक तोकिएकै समयमा गर्न अनुरोध गर्नुभयो ।

नेकपा जिल्ला कमिटी सदस्य तथा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बडिगाड गाउँपालिकामा भएको विकास र कार्यक्रमको सन्दर्भमा जानकारी दिनुभयो । बैठकमा वडा नं. १ बाट वडा कमिटी अध्यक्ष रेमबहादुर भुजेल, वडा नं. २ बाट वडा कमिटी अध्यक्ष विष्णु अर्याल, वडा नं. ३ बाट वडा कमिटी अध्यक्ष लोक बहादुर घर्ती, वडा नं.४ बाट वडा कमिटी अध्यक्ष अनराम छन्त्याल, वडा नं. ५ बाट गाउँकमिटि सदस्य बेद प्रसाद घिमिरे, वडा नं. ७ बाट वडा कमिटी अध्यक्ष खगेन्द्र वुढा, वडा नं. ८ बाट वडा कमिटी अध्यक्ष भिमबहादुर काउचा, वडा नं. ९ बाट वडा कमिटी अध्यक्ष पानबहादुर केसी र वडा नं. १० बाट वडा कमिटी अध्यक्ष गुञ्जमान वुढाले रिपोर्टिङ गर्नुभएको थियो ।

बैठकले पार्टी केन्द्रले तयार गरेको पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान चैत्र १ गते देखि संचालन गर्ने, चैत्र ५ गते भित्र वडा कमिटीको वैठक सम्पन्न गर्ने, १० गते भित्र टोल कमिटी गठन गर्ने, २० गते भित्र टोल कमिटी बैठक आयोजना गर्ने, १५ गते पार्टीको आयोजनामा बडिगाडमा निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वको विचमा अन्तरसम्बाद कार्यक्रम सञ्चालन गर्ने, एकीकृत पार्टी सदस्यता तत्कालै नविकरण गर्ने लगाएतका निर्णय गरेको छ । अभियान सञ्चालनको लागि प्रत्येक वडामा वडा इन्चार्ज खटाउने निर्णय गरेको छ । जस अनुसार, वडा नं. १ मा विना थापा, वडा नं. २ मा ढालेन्द्र शेरचन, वडा नं. ३ मा झविन्द्र बुढा, वडा नं. ४ मा मिलन रेश्मी, वडा नं. ५ मा तिर्थमणी भुसाल, वडा नं. ६ मा नरबहादुर खत्री, वडा नं. ७ मा राजन पाइजा, वडा नं. ८ मा यमबहादुर श्रीस, वडा नं. ९ मा विरबहादुर परियार र वडा नं. १० मा बसन्त थापा रहनुभएको छ ।

यसैगरी, पार्टी अध्यक्ष गुणनिधि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय नमुना कृषि फर्म सञ्चालन सम्भाव्यता अध्ययन समिति गठन गरेको छ । जसको सदस्यमा कार्यालय सदस्यहरु कमल घिमिरे, नारायण धिताल, दिनेश शर्मा र बसन्त थापा रहनुभएको छ ।

बैठक गाउँ कमिटी अध्यक्ष गुणनिधि घिमिरेको अध्यक्षता, कार्यालय सदस्य कमल घिमिरेको स्वागत मन्तव्य र सचिव बसन्त थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *