आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटीको बुधवार सम्पन्न बैठकले कार्यदल तथा सचिवालयको टुंगो लगाएको छ ।
९ सदस्यीय कार्यदलमा बागलुङबाट गोविन्द नेपाली सदस्य सचिवको रुपमा हुनुहुन्छ ।
६३ सदस्यीय सचिवालयमा भने प्रदेश कमिटी बैठकले बागलुङबाट इन्द्रलाल सापकोटा, ज्ञामनाथ गैरे अनिल, चन्द्रवहादुर बुढा मगर, जनकराज पौडेल, श्री प्रसाद शर्मा र हिरा वहादुर खत्री हुनुहुन्छ ।