नेकपाको चौथो पूर्ण बैठक, तारामा तीन महिने अभियान गरिने

दिपेन्द्र पौडेल, ताराखोला

नेकपा ताराखोलाको चौथो पूर्ण बैठक बुधवार सम्पन्न भएको छ ।

बैठकले बिगतका कार्यको समिक्षा गर्दै नयाँ पार्टी संगठन सुदृढिकरणको केहि निर्णय गरेको छ ।
उक्त बैठकले तीन महिने संगठन बिस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको नेकपा ताराखोला गाउँ कमिटीका अध्यक्ष दिवस खत्रीले बताउनुभयो ।

संगठन बिस्तार एवं सृद्वढीकरण अभियान अन्तगर्त आयोजित बैठकमा प्रमुख अतिथीको रूपमा बोल्दै नेकपा गण्डकी प्रदेश सांसद एवं गण्डकी प्रदेश सचिवालय सदस्य चन्द्र बुढा मगरले यतिबेला पार्टी सुदृढिकरण मात्र नभई सिङ्गो नेपाल र नेपाली जनताको भाग्य र भविष्य निर्माणको प्रक्रियामा रहेको बताउनुभयो । सम्बृद्व नेपाल र सुखी नेपाली निर्माणको अभियानमा सबै एकतावद्ध भएर लामो संघर्ष र बलिदानवाट प्राप्त उपलब्धी सस्थांगत गर्न जरुरी रहेको उहाँको भनाई थियो ।
बैठकमा गण्डकी प्रदेश सदस्य एवं ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती मगर, गण्डकी प्रदेश सदस्य फमलाल निउरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वैठकमा पाँच ओटा वडाका वडाअध्यक्षहरूले पार्टीको संगठनात्मक स्थितिबारे रिपोर्टिङ गरेका थिए ।

नेकपा ताराखोला अध्यक्ष दिवस खत्रीको अध्यक्षयता , मन बहादुर लामिछानेको स्वागत मन्तव्य र नेकपा ताराखोला सचिब धन बहादुर बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *