खाद्य सामाग्रीको अभाव हुँदैन: विक्रेता

आदर्श अनलाईन, बागलुङ
कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढदै गइरहेको समयमा कालोबाजारी मौलाएको भन्ने गुनासोको आधारमा बिहीबार बागलुङमा बजार अनुगमन गरिएको छ । बागलुङ बजारका विभिन्न १० वटा खाद्य सामाग्री विक्रेता, १० वटा फार्मेसी र १ वटा ग्यास विक्रेताकोमा गरिएको अनुगमनको क्रममा तत्कालको लागि बागलुङमा ग्यास र खाद्य सामाग्रीको अभाव नुहने विक्रेताले बताएका छन् ।

तर अनुगमन गरिएका जिल्लाका कुनै पनि औषधी पसलमा माक्स र स्यानिटाइजर नपाईएको स्वास्थय कार्यालय बागलुङका राजु क्षत्रीले बताउनुभयो । सबै पलसलहरुमा माक्स र स्यानिटाइजर विक्री भइसकेको भन्दै कृतिम अभाव सिर्जना गरिएको भन्ने सुन्नमा आएको थियो उहाँले भन्नुभयो ‘अनुगमनको क्रममा सुन्नमा आएको जस्तो कमजोरी कतै फेला पार्न सकिएन ।’

अनुगमन टोलीका संयोजक गुमा देवी शर्मा मुत्तिनाथ हस्पिटल एण्ड रिसर्च सेन्टरमा फार्मेसिस्टको ठाउमा औषधी विक्री गर्न बसेकी सि.एम.ए अध्ययनरत कर्मचारी संग कुरा गर्दै ।

घरेलु तथा साना उद्योग कार्यालय बागलुङको संयोजनमा जिल्लाका स्वास्थ्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता मञ्च, बागलुङ नगरपालिका, नेपाल पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालय बागलुङ र उद्योग वाणिज्य संघको उपस्थितीमा गरिएको अनुगमनको क्रममा विक्रेताले मुल्य सूचि नराखी सामाग्री विक्रि वितरसण गर्ने गरेको, सामाग्री विक्रि पछि विल नदिएको, म्याद नाघेका सामाग्री बेच्नको लागि राखेको पाईएको छ । तेस्तै मुत्तिनाथ हस्पिटल एण्ड रिसर्च सेन्टरमा फार्मेसिस्टले औषधी विक्री गर्नु पर्नेमा सि.एम.ए अध्ययनरत कर्मचारीले विक्री वितरण गर्ने गरेको पाईएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गुमा देवी शर्माले खाद्यन्न पसलहरुमा भेटिएका अखाद्य बस्तुहरु तत्काल हटाउन निर्देशन दिएको बताउनुभएको छ । उहाँले खाद्य संगै स्वास्थ्य संस्थामा देखिएका कमजोरी एक हप्ताभित्र सुधार गर्न निर्देशन दिइएको भन्दै आगामी दिनमा यस्तो भेटिए तत्काल कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *