आदर्श र ओम सहकारीको संयुक्त क्षमता विकास तालिम

आदर्श अनलाइन, बागलुङ

एकीकरणको प्रक्रियामा रहेका आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ र ओम बचत तथा ऋण सहकारी संस्था बागलुङका सञ्चालक र कर्मचारीहरुका लागि एक दिने क्षमता अभिवृद्धि तथा भावी रणनैतिक योजनाका विषयक तालिम शनिवार अन्तरक्रिर्या सम्पन्न भएको छ ।

एकीकरणपछि एकीकृत रुपमा कर्मचारीहरुले गर्ने काम, सञ्चालकहरुको संस्थाको योजना तथा सदस्यहरुको सम्बन्धका विषयमा छलफल गरी संस्थाको लक्ष्यप्रति कर्तव्य निष्ठ गराउने उदेश्यले तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

प्रविधियुक्त दक्ष जनशक्ति,संस्थागत विकासको आधार भन्ने नाराका साथ दुवै संस्थाका कर्मचारी तथा सञ्चालकहरुलाई संस्थाको दीर्घकालिन रणनीतिक योजना अनुसार अगाडि बढ्न तालिम सहयोगी हुने सहभागीले बताएका छन् ।

तालिममा संस्था एकीकरणपछि दुवै संस्थाको एकीकृत परिकल्पना, रणनीतिक योजना, योजना पुरा गर्नका लागि कर्मचारीहरुले गर्नु पर्ने काम लगायत सहकारीलाई सफल पार्न कर्मचारीका जिम्मेवारीहरुका बारेमा आदर्श सञ्चार सहकारीका संस्थापक सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । उहाँले सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सञ्चालक र कर्मचारीहरु दक्ष हुनु पर्नेमा जोड दिदै प्रविधिको अधिकतम उपयोगका लागि आग्रह गर्नुभयो ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाकी अध्यक्ष हुमाकुमारी जिसी अञ्जुको अध्यक्षता, ओम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र महतको स्वागत मन्तव्य र आदर्शका प्रवन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

साविक धौलागिरि अञ्चलका पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था र दक्षिण कोरियाबाट फर्केका बागलुङेहरुले स्थापना गरेको ओम बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण प्रक्रिया अगाडि बढेको छ । दुवै संस्थाले एकीकरणका लागि पूर्व अनुमति लिइसकेको र विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण एकिकरणसभा रोकिएको छ ।

दुई संस्था एकीकरण भई बन्ने एकीकृत संस्थामा १ हजार ८ सय जना शेयर सदस्य, ४ करोड शेयर पूँजि, २२ करोड बचत र २३ करोड कर्जा लगानी हुने आदर्श सञ्चार सहकारी संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो ।

आदर्श सञ्चार सहकारी संस्था र रेश बहुउद्देश्यीय सहकारी संस्थाबीच २०७३ मा एकीकरण भई काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा पहिलो सेवा केन्द्र सञ्चालन गरेको संस्थाले थप सेवा केन्द्र मार्फत सदस्यहरुलाई सेवा दिने संस्थाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *