पार्टी पदाधिकारी चयनमा महिलाको उपेक्षा भो,सच्याइयोस्: महिला संघ

आदर्श अनलाइन,बागलुङ

नेपाली काँग्रेस बागलुङको पदाधिकारी चयन र विभागिय संयोजक चयनको विषयमा महिला प्रतिनिधित्वको सवाललाई लिएर पार्टीको ध्यानाकर्षण गराइएको छ ।

नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माको नेतृत्वको महिला टोलीले आईतबार पार्टी सभापति दिपेन्द्र थापालाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।

उनिहरुले पार्टीको उपसभापति, सचिव र सहसचिवमा मनोनित गर्र्दा महिलालाई उपेक्षा गरिएको भन्दै गुनासो गरेका छन् । ज्ञापन पत्रमा पार्टीले २९ वटा विभागीय संयोजक बनाउँदा पनि महिला र श्रम विभागमा मात्र सिमित गरिनु दुखद भएको बताएका छन् ।

अहिलेको २१ औं शताब्दीमा समावेशी चरित्र, नेपालको संविधान र नेपाली काँग्रेसको विधानको मर्म र भावना विपरित गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ, पार्टी नेतृत्वको यस्तो निर्णयले समग्र आधा धर्ति ओगटेका महिलालाई अपमान भएको महुशुस गरिएको छ । उनिहरुले काँग्रेसले सवै तहका संरचनाहरुमा सवै जातजाती महिला पुरुष भुगोल सहितको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग राखेका छन् । उनिहरुले काँग्रेस भित्र क्रियाशिल महिला सदस्य न्युन रहेको हुँदा अगामी क्रियाशिल सदस्यता वितरण गर्र्दा कम्तीमा एक तिहाई हुने गरी वितरण गर्न समेत माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै काँग्रेस सभापति दिपेन्द्र थापाले महिला संघको माग जायज भएको र पार्टीमा राख्ने बताए । उनले पदाधिकारी चयनको विषयमा महिलाहरुलाई समावेश गर्ने विषय पार्टी भित्र छलफल चलेता पनि बनाउन नसकिएको आफ्नो मात्र कमजोरी नभएको उल्लेख गरे । थापाले क्रियाशिल महिला नै कम र जिल्ला कमिटिमा पनि थोरै भएका कारण पदाधिकारी र विभागीय जिम्मेवारीमा कम प्रतिनिधित्व भएको बताए ।

नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्यले पार्टीले महिलालाई पनि नेतृत्व तहमा ल्याउनुपर्ने बताईन् । उनले महिलाई यसरी नै उपेक्षा गरिएमा संगठनलाई मजबुद बनाउन नसकिने बताइन् । ज्ञापन पत्र बुझाउँदै नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माले पार्टीले महिलाहरु प्रति हेर्ने दृष्टीकोण सुधार गर्न जरुर रहेको बताइन् । कार्यक्रमको संचालन सचिव उषा पौडेलले गरेकी थिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *