बरेङमा आदर्शको भेलाः सेवा विस्तारका लागि उप-समिति गठन

आदर्श अनलाइन,बागलुङ

सूचना तथा सञ्चार संगै वित्तीय कारोबार गर्दै आएको आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सस्थाले सञ्चालन गर्दै आएका सेवाहरुलाई जिल्लाका दश वटै स्थानीय तहमा पु¥याउने भएको छ ।

बागलुङ जिल्ला कार्यक्षेत्र रहेको संस्थाले १० वर्षे रणनीतिक योजना अनुसार जिल्लाभर १० वटा केन्द्र मार्फत सूचना तथा सञ्चार लगायत वित्तीय र सामाजिक क्षेत्रमार्फत सेवा उपलब्ध गराउने भएको लक्ष्य लिएको छ ।

सबै स्थानीय तहमा प्रतिनिधि मार्फत समाचार संकलन लगायत संस्थाले सञ्चालन गरेका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा जनताका बीचमा लैजाने रणनीतिक योजना अनुसार कार्ययोजना बनाएर काम गरेको संस्थाले जनाएको छ ।

संस्थाको रणनीतिक योजना पुरा गर्नका लागि पालिकाहरुमा सहकारी सचेतना, उद्यमशिलता विकास, वित्तीय साक्षरताका साथै पत्रकारिता र आमसञ्चार सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने भएको छ ।

यसै सन्दर्भमा संस्थाले सोमबार बरेङ गाउँपालिकामा सहकारी सचेतना तथा सदस्यहरुको भेला सम्पन्न गरेको छ । संस्थाको अभियानलाई प्रभावकारी बनाउनका लागि सदस्यहरुको सक्रिय सहभागिता बढाउने उदेश्यका साथ आयोजित भेलाबाट बरेङ गाउँपालिका स्तरीय समन्वय उपसमिति गठन गरिएको छ ।

पालिकामा संस्थाको सेवा विस्तार गर्नका लागि समन्वय गर्न गठित बरेङ गाउँपालिका स्तरीय समन्वय उपसमितिको संयोजकमा जयराम शर्मा र सचिवमा देवीदत्त शर्मा रहनु भएको छ । उपसमितिका सदस्यहरुमा तारादेवी घर्ति थापा, राजन चालिसे, प्रेम गिरी, गिरीप्रसाद पौडेल, देवी काला पुन, कृष्ण श्रेष्ठ र झमबहादुर पुन रहनु भएको छ । उपसमितिले बरेङ गाउँपालिकाका ५ वटै वडामा आदर्श सञ्चार सहकारी सस्थाका शेयर सदस्य वृद्धि गर्ने, दैनिक कारोबार लगायत संस्थाले सञ्चालन गरेका योजनालाई प्रभावकारी रुपमा अगाडि बढाउन समन्वय गरेर काम गरिने संयोजक जयराम शर्माले जानकारी दिनुभयो ।

भेलामा आदर्श सञ्चार सहकारी संस्थाको लक्ष्य, उद्देश्य, रणनीतिक योजना, संस्थागत विकास र सस्थाको पछिल्लो अवस्था लगायतका विषयमा संस्थाका सम्पादक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । सहकारी सदस्य केन्द्रीय व्यवसाय भएकाले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणका लागि आदर्श सञ्चारको भूमिका थप प्रभावकारी बनाउन सदस्य सचेतना, भेटघाट र अन्तरक्रिया कार्यक्रम अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्की र प्रवन्धक दिपकराज सापकोटाले संस्थाको वित्तीय अवस्था, वचत परिचालन तथा कर्जा व्यवस्थापन गर्ने विषयमा जानकारी गराउनु भएको थियो ।

साविक धौलागिरि अञ्चलमा पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै आदर्श सञ्चार अनलाइन सञ्चालन गर्दै आएको छ । सूचना र सञ्चार संगै वित्तीय कारोबार, सामाजिक सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्थामा हाल एक हजार ८ सय जना शेयर सदस्य, ४ करोड शेयर रकम, २१ करोड वचत र २२ करोड कर्जा लगानी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *