पालामा काँग्रेसको भेटघाट तथा संगठन कार्यक्रम

आदर्श अनलाईन बागलुङ ।
नेपाली काँग्रेस बागलुङ संघीय क्षेत्र नम्बर १ बागलुङको संगठन सुदृढिकरण तथा भेटघाट कार्यक्रम काठेखोला—१ पालामा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि हरिहर शर्माले कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार जनताको आधारभूत आवश्यकताहरु पूरा गर्न चुकेको बताए ।

‘निर्वाचनको बेला विभीन्न आश्वासनहरु बाँडेर कम्युनिष्ट पार्टीले आफ्नो पक्षमा बहुमत ल्याएर सरकार त बनायो,’ शर्माले भने,‘तर सरकारले जनताको जनजिविकाका सवालहरु सम्बोधन गर्न सकेको छैन ।’ सरकारले जनताको समस्या समाधानका लागि भन्दा पनि ठूला सपना बाँड्ने गरेको उनको आरोप छ । विश्वमा महामहारीको रुप लिएको कारोना भाईरसको संक्रमण नियन्त्रण र रोकथाम गर्नका लागि सरकारले प्रभावकारी कदम समेत नचालेको उनको भनाई छ ।

‘अहिले विश्वमा फैलिएको कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले प्रभावकारी कदम चालेको देखिन्न,’ उनले भने,‘यो समय नेपाली काँग्रेस सरकारलाई साथ दिन तयार छ । सरकारले वाताबरण तयार गर्नुपर्छ ।’ कार्यक्रममा पालाका पूर्व गाविस अध्यक्ष हरिप्रसाद शेरचन, नेपाल दलित संघ बागलुङका अध्यक्ष तारबहादुर विक लगायतले बोलेका थिए । कार्यक्रममा छत्रबहादुर खड्का, लक्ष्मण थापा, नरबहादुर नेपाली, जोखिराम थापा, श्याम किसान लगायतले जिज्ञासा राखेका थिए ।

नेपाली काँग्रेस पालाका सभापति खडक थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव रनबहादुर थापा र सञ्चालन अर्का सचिव गणेश नेपालीले गरेका थिए । उक्त अवसरमा घनश्याम रोकाको अध्यक्षतामा ११ सदस्यीय नेपाल राष्ट्रिय मगर संघ पालाको गठन गरिएको छ । समितिको उपाध्यक्षमा राजकुमारी थापा, सचिवमा महेन्द्र थापा, कोषाध्यक्षमा बमबहादुर थापा, सहसचिवमा अमर थापा लगायत रहेका छन् ।

कार्यक्रमकै अवसरमा नरबहादुर परियारको अध्यक्षतामा ११ सदस्यीय नेपाल दलित संघ पाला पनि गठन भएको छ । समितिको उपाध्यक्षमा गोरी किसान, सचिवमा राजु नेपाली, कोषाध्यक्षमा शशिलाल नेपाली रहेका छन् । पार्टी कोष स्थापनाका लागि लक्ष्मण थापा संयोजक रहेको परिचालन समिति चयन भएको छ । समितिको सदस्य सचिवमा गोरे विकस र सदस्यहरुमा दिलबहादुर जिसी, अमर थापा, यामबहादुर थापा, श्याम किसान, तारा शेरचन रहेको छन् ।

कार्यक्रमका अवसरमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता नविकरण तथा नयाँ वितरणका लागि लगत संकलन, नेपाली काँग्रेसमा आवद्ध भए वापत द्वन्द्वकालमामा ज्यान गुमाएका, घाईते तथा विस्थापित परिवारको लगत संकलन र २०४९ र २०५४ सालमा नेपाली काँग्रेसबाट जनप्रतिनिधिमा निर्वाचितहरुको लगत संकलन गरिएको छ । यसैबीच नेपाली काँग्रेस बागलुङ संघीय क्षेत्र नम्बर १ ले सञ्चालन गरेको अभियान तत्कालका लागि स्थगित गरिएको छ ।

विश्वभर फैलिएको कारोना भाईरसका कारण देश नै लक डाउन हुने अवस्थामा पुगेको र पार्टी केन्द्रबाटै पार्टी कार्यक्रम भन्दा पनि कोरोना सम्बन्धी सचेतना कार्यक्रम गर्न निर्देशन भएकाले संगठन सुदृढिकरण कार्यक्रम स्थगित गरिएको नेपाली काँग्रेस बागलुङ संघीय क्षेत्र नम्बर १ का सभापति चिरञ्जीवी गौतमले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *