आइतबार राति १२ बजेसम्म विदेशबाट आउने यात्रुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा पठाइने

आदर्श अनलाइन, काठमाडौँ ।

शनिबार पनि विदेशी एयरलाइन्सबाट यात्रु काठमाडौं उत्रिएपछि सरकारले आइतबार रातिसम्म विदेशबाट आउने सबै यात्रुलाई क्वारेन्टाइनमा पठाउने भएको छ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले सेतोपाटीसँग भने, ‘भोलि रातिसम्मै यात्रु आउने सम्भावना देखियो। ती कसैलाई पनि हामी एयरपोर्टबाट छिर्न दिँदैनौं, सबैलाई क्वारेन्टाइनमा पठाउँछौं।’

शुक्रबारसम्म विदेशबाट आएका यात्रुलाई सामान्य रूपमा ज्वरो जाँचेर काठमाडौं प्रवेश गर्न दिएको थियो।

शनिबार दिउँसोसम्म विभिन्न एयरलाइन्सबाट आएका ६१ यात्रुलाई भने सरकारले  नेपाली सेनाले व्यवस्थापन गरिरहेको खरीपाटीस्थित क्वारेन्टाइनमा पठाएको छ।

सरकारले शुक्रबार राति १२ बजेपछि  युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनै पनि यात्रु नेपाल आउने नपाउनेगरी प्रतिबन्ध लगाएको थियो।

तर भारत चीन थाइल्याण्ड सिंगापुर र हङकङबाट आउने यात्रुलाई भने प्रतिबन्ध लगाएको थिएन। यी मुलुकलाई ट्रान्जिट बनाएर अन्य मुलुकबाट भने यात्रु आउन नपाउने सरकारले जनाएको थियो।

आइतबार राति १२ बजेदेखि भने चैत १८ गते राति १२ बजेसम्म विदेशबाट आउने सबै जहाजलाई सरकारले प्रतिबन्ध लगाइसकेको छ।

‘भोलिसम्म हामी कुनै पनि जोखिम लिन चाहदै‌नौं। सबैलाई क्वारेन्टाइनमा पठाउँछौं‌, क्वारेन्टाइनमा जान नमाने जहाजमा नै चढाएर फिर्ता पठाउँछौं,’ महानिर्देशक पौडेलले भने।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *