भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान

आदर्श सञ्चार
बागलुङ

बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम बाउनथानकी एक महिलाले भवन निर्माणका लागि निःशुल्क जग्गा दिएकी छिन् ।

बाउथान ममता आमा समूहको भवन निर्माणका लागि सोही ठाउँकी भूमि पुनले पाँच लाख बराबर मूल्य पर्ने चार आना जग्गा निःशुल्क उपलब्ध गराएकी हुन् । नजिकका सामुदायिक जग्गा नभएको कारण आमा समूहको भवन निर्माणका लागि उनले आफ्नो जग्गा उपलब्ध गराएकी हुन् ।

जग्गादाता पुनलाई आमा समूहले एक कार्यक्रमका बीच सम्मान समेत गरेको छ । उनलाई वडा सदस्य टिकाराम पुनले दोसल्लाह ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै वडा सदस्य पुनले समाजको विकासका लागि सबैले योगदान गर्नुपर्ने बताए ।

आमा समूहकी अध्यक्ष बौलनी पुनको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी भिम विकले समेत बोलेका थिए । कार्यक्रम हिरा विकको स्वागत र सिर्जना गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *