जिल्ला प्रशासन कार्यालय बागलुङको सेवा बन्द

आदर्श अनलाइन, बागलुङ
कोरोनाको संक्रमण बढ्ने खतरा देखिए पछि जिल्ला प्रशासन कार्यालय बागलुङले आजदेखि नागरिकता, राहदानी लगायतका सेवा बन्द गरेको छ ।

आइतवारदेखि आगामी चैत २१ गते सम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

अब प्रशासन कार्यालयबाट दैनिक रुपमा सम्पादन हुँदै आएका नागरिकताको प्रमाणपत्र, राहदानी, पेन्सन, अन्य सिफारिस लगायतका दैनिक सेवा प्रवाह तत्कालका लागि बन्द गरिएको उहाँले बताउनुभयो । यि सबै सेवा अर्को सूचना नभए सम्मका लागि बन्द गरिएको हो ।

विश्वभर माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल सरकारले पुर्ववत सर्तकता अपनाउन गरेको निर्देशन अनुसार अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *