बागलुङबाट संचालन हुने लामो दूरीका यातायात बन्द, जिल्लामा भने चल्ने

डम्मर बुढा मगर, बागलुङ
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी बागलुङबाट संचालन हुने लामो दूरीका यातायातहरु रोकिएका छन् ।

सरकारले चैत १० गतेदेखि लामो दूरीका यातायातहरुलाई रोक्नको लागि निर्देशन दिएपछि यातायातका साधानहरु रोकिएका हुन् ।

जिल्लाका विभिन्न स्थानहरुमा संचालन भए पनि लामो दूरीमा भने सोमबारबाट संचालन नहुने धौलागिरी कालिका यातायात प्रा.लि अध्यक्ष विष्णुप्रसाद अधिकारी जानकारी दिनुभयो ।

उहाँले सरकारले अर्को निर्देशन नदिएसम्म लामो दूरीको यातायात बन्द हुने भन्दै छोटो दूरीमा भने संचालन हुने बताउनुभयो ।

यस यातायात प्रालिबाट बुटलव, काठमाडौ, नारायणद्धाट, पोखरा, बुटलव लगायत देशका विभिन्न स्थानमा गाडीहरु संचालन हुँदै आएका छन् । प्रा.लिले बुटवल चल्ने गाडी आइतबारबाटै बन्द गरेको अधिकारीको भनाई छ ।

धौलागिरी गण्डकी यातायात सेवा सेवा प्रालिले भने आधिकारीक रुपमा यातायात बन्द गरेको छैन् । सरकारले गाडी संचालन बन्द गर्र्न निर्देशनको लागि पत्र नपठाएको हुँदा लामो तथा छोटो दूरीमा चल्ने यातायातहरु बन्द नभएको रुट इन्चार्ज रामप्रासाद अधिकारी बताउनुभयो ।

उहाँले बाहिरी जिल्लाबाट आउने गाडीहरु आइरेको भन्दै बागलुङबाट अन्त जाने यात्रुहरु नहुँदा गाडीहरु बसपार्कमै रोकिएको बताउनुभयो । अधिकारीले लामो दूरीमा संचालन नभए पनि छोटो दूरीमा भने संचालन भइरहेको बताउनुभयो ।

समितिद्वारा यातायातका साधानहरु देशका मुख्य शहर पोखरा, काठमाण्डौ, नारायणघाट, विरगञ्ज लगायतका स्थानमा चल्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *