बागलुङमा अति आवश्यक बाहेक अन्य व्यवसाय चैत २१ गतेसम्म बन्द

आदर्श अनलाइन, बागलुङ
उद्योग वाणिज्य संघ बागलुङले जिल्लामा अति आवश्यक बाहेक अन्य व्यवसाय बन्द गर्न थालेको छ ।

विश्वर महामारीको फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित गर्ने उद्देश्यले चैत २१ गतेसम्म बन्द गर्ने भएको हो ।

उद्योग वाणिज्य संघले सदरमुकाममा रहेका सबै वस्तुगत संघसँग छलफल व्यवसाय बन्द गर्ने निर्णय गरेको संघले जनाएको छ ।

महामारीको बेलामा सबै संयम भई बागलुङ बजारमा भएका व्यवसायहरूले आफुसँग भएको दैनिकी सामग्री नलुकाइकन सर्वसुलभ मुल्यमा विक्री गर्न बैठकले निर्णय गरेको उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए ।

बागलुङका सबै वस्तुगत संघहरूले अहिले संकटको बेला सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको बागलुङ उद्योग वाणिज्य संघका महासचिव नरेश कँडेलले बताए । आफु पनि सुरक्षित भएर व्यवसाय गर्न आम उपभोक्ताको हितमा काम गर्न महासचिव कँडेलले अनुरोध गरे ।

कोरोना भाइरसको संक्रमण फैलने हल्ला चलेपछि व्यवसाय र अध्ययनका लागि बाहिर रहेका सबै बागलुङे एकाएक घर घरमा फर्किएपछि जिल्ला फर्किएका छन् ।

संघले बन्द अवधिभरको घर भाडा कर लगायत पनि छुट गर्न सबै सरोकारवालासँग अनुरोध गरेको छ । बागलुङ सदरमुकाममा रहेको दैनिक उपभोग्य वस्तु विक्रीवितरण गर्ने व्यवसायीसंग भएको सामानको स्टक लिने काम समेत संघले गरेको छ ।

बागलुङ उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला प्रशासनले बजार अनुगमन गरेर बजार क्रितिम अभाव हुन नदिने जनाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *