सर्वसाधरणलाई निःशुल्क मास्क वितरण

आदर्श अनलाईन, बागलुङ
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९)को जोखिमलाई ध्यानमा राखेर बागलुङ बजारमा निःशुल्क माक्स वितरण गरिएको छ ।

क्षेत्री समाज बागलुङ र स्वाभिमान बहुउदेश्यीय सहकारी संस्थाले आज बागलुङ बजारको मुख्य चोक मानिने लोकतान्त्रिक चोकमा सर्वसाधरणलाई निःशुल्क माक्स वितरण गरिएको हो ।

कोरोना भाईसर विरुद्ध हाम्रो अभियान भन्ने नाराका साथ सहकारीले निःशुल्क माक्स वितरण गरेको क्षत्री समाज बागलुङले जनाएको छ । मुख्य चोक भएर बजारमा हिड्ने सर्वसाधरण, ट्राफिक प्रहरी, पत्रकार र कर्मचारी लगायतलाई निःशुल्क माक्स वितरण गरिएको क्षत्री समाज बागलुङका कोषाध्यक्ष धन बहादुर कार्कीले जानकारी दिनुभयो ।

निःशुल्क माक्स वितरण कार्यक्रम चैत्र ११ गते सम्म बागलुङ बजारका मुख्य मुख्य चोकमा सञ्चालन गरिने छ । आजमात्रै लोकतान्तिक चोकमा एक हजार ५०० माक्स निःशुल्क वितरण गरिएको कार्कीको भनाई रहेको छ । कार्कीका अनुसार सहकारी र क्षत्री समाज बागलुङले ११ गते सम्म झण्डै चार हजार माक्स वितरण गर्ने योजनामा रहेको छ ।

“कोरोना भाईरसबाट जोगिन र सेचतना प्रदान गर्नका लागि निःशुल्क माक्स वितरण गरिएको हो” कार्किले भन्नुभयो “माक्समा कालोबजारी भइरहेको बेला निःशुल्क माक्स वितरणले सर्वसाधरणलाई थोरै भएपनि राहत मिल्नेछ ।” माक्स वितरण कार्यक्रमको शुरुवात बागलुङ नगरपालिकाका प्रमुख जनकराज पोडेलले गर्नुभएको थियो ।

निःशुल्क माक्स वितरणले सर्वसाधरणमा लाई कोरोना सचेतनाका लागि सकरात्मक सन्देश प्रदान गरेको निःशुल्क माक्स वितरण कार्यक्रमा मास्क लिन पुग्नुभएका सर्वसाधरण दिनानाथ शर्माले बताउनुभयो ।

माक्स निर्माण गर्नका लागि आवश्यक कच्चा पदार्थ कपडा र लबड खरिद गरेर बागलुङ बजारमानै उत्पादन गरिएको थियो । निःशुल्क माक्स वितरणका लागि स्वाभिमान बहुउदेश्यीय सहकारी संस्था बागलुङ र क्षत्री समाज बागलुङले रु. ५० हजार रकम बजेट विनियोजन गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *