जेष्ठ नागरिकलाई घरमै पुगेर नगद सहित सम्मान

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले घरमै पुगेर जेष्ठ नागरिकलाई नगद सहित सम्मान गर्न थालेको छ । गत वर्ष सम्मान कार्यक्रम आयोजना गरेर वृद्व वृद्वा अभिनन्दन गर्दै आएको गाउँपालिकाले यस वर्षबाट घरमै पुगेर वृद्वा वृद्वालाई रु. पाँच हजार नगद र दोसल्लाले सम्मान गर्न थालेको बडिगाड गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यस वर्ष वृद्व वृद्वा सम्मान गर्नका लागि रु. पाँच लाख विनियोजन गरेको छ । वृद्वा वृद्वा समाजको बोझ होईनन यिनिहरुलाई माया र सम्मान गरौं भन्ने अभिप्रायले घर घरमै पुगेर ९० वर्ष उमेर पुगेका वृद्व वृद्वालाई सम्मान गर्न थालेको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाईजाले जानकारी दिनुभयो ।

‘गत वर्ष ६० वर्ष उमेर पुगेकालाई दोसल्ला लगायर अभिनन्दन गर्दै आएका थियौैं भने ९० वर्ष पुगेकालाई कार्यक्रममै बोलाएर नगद सहित सम्मान गरेका थियौं’ पाइजाले भन्नुभयो ‘वृद्धा वृद्धलाई आउ जाउँमा समस्या भएको भन्दै जनप्रतिनिधिनै वृद्ध वृद्धाको घरमै पुगेर सम्मान गर्न थालेका हौं ।’ फागुनबाट शुरु गरेको सम्मान कार्यक्रममा हाल सम्म गाउँपालिकाका १० जना वृद्व वृद्वालाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस वर्ष ९० वर्ष काटेका गाउँपालिका भरका ५१ जना वृद्व वृद्वालाई घरमै पुगेर नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।

९० वर्षको उमेरमा गाउँपालिकाले प्रदान गरेको सम्मानले आफू हर्षित भएको बडिगाड गाउँपालिका–४ जलजलाका हिरा बहादुर रेश्मीले बताउनुभयो । रेश्मीले राज्यले दिने सामाजिक सुरक्षा भत्ता बाहेक गाउँपालिकाले घरमै आएर सम्मान गर्दा बाच्ने आशा अझै पलाएर आएको जानकारी दिनुभयो । गाउँपालिकाले समय समयमा गाउँमा जाने वृद्व वृद्वाको कुरा सुन्ने, उनिहरुको सम्मान गर्दा गाउँमै सरकारआएको अनुभुति गर्ने गरेको पाईजाको भनाई रहेको छ ।

वृद्व वृद्वालार्ई नगद सहित घरमै पुगेर सम्मान गर्दा उनिहरुको मनोवल बढ्ने, औषधी उपचारमा राहत पुग्ने भएकाले गाउँपालिकाले आगमी दिनमा समेत सम्मान कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *