बागलुङमा दादुरा र रुबेला खोप स्थगन

आदर्श अनलाईन, बागलुङ
बागलुङ जिल्लामा सञ्चालि दादुरा र रुवेला खोप स्थगित भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) लाई लक्षित गरी दोस्रो चरणको दादुरा र रुवेला खोप स्थगन गरिएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङ सुरज गुरौंले जानकारी दिनुभयो ।

गुरौका अनुुसार चैत्र ५ गतेदेखि पश्चिम बागलुङमा शुरु भएको पहिलोचरणको अभियान नितरन्तर भएपनि दोस्रो चरणको अभियान स्थगन गरिएको छ ।

गुरौंका अनुसार १३ गतेसम्म ढोपाटन नगरपालिका, बडिगाड गाउँपालिका, तमान खोला गाउँपालिका र निसीखोला गाउँपालिकामा सञ्चालन हुने पहिलो चरणको अभियान सकिनै लागेकाले स्थगन नगरिएको हो ।

बागलुङमा दुई चरणमा गरेर करिब तेईस हजार ५०० बालवालिकालाई दादुरा र रुवेलाको खोप लगाएदै छ । १५ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको अभियान अर्को सुचना जारी नहुन्जेलसम्म स्थगन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *