कोरोना संकटमा सूचना टाँस गरेर मुक्तिनाथ अस्पताल बन्द

डम्मर बुढा मगर, बागलुङ

धौलागिरी अञ्चलमा २४ सै घण्टा सेवा दिनिे उद्घोष सहित बागलुङमा संचालन हुँदै आएको मुक्तिनाथ अस्पताल प्रालि बन्द भएको छ ।

अस्पतालले मंगलबार सूचाना टाँस गरेर हस्पिटल बन्द गरेको छ ।

अस्पताल बन्द भएपछि सामाजिक सञ्जाल लगायतमा चौतर्फी आलोचना भएको छ ।

सूचनामा ‘विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाको काराणले गर्दा प्रयाप्त सामग्री नभएको भन्दै २/३ दिनको अवस्था हेरेर पुनः सूचारु गर्ने गरी हाललाई अस्पताल बन्द गरिएको छ ।’ लेखिएको छ ।

अस्पतालका अध्यक्ष सन्तोष रावलले अस्पतालमा कोरोनाको उपचारको लागि प्रयाप्त सामग्रीहरु नहुँदा बन्द गर्नु परेको बताए । कोरोनासँग सम्बन्धित चेकअपको लागि सामग्रीहरुको अभाव रहेकाले स्वाथ्यकर्मीले असुरक्षित महसुश गरेको भन्दैं अस्पताल बन्द गरिएको उनले बताए ।
चौतर्फी विरोध पछि अस्पताल बन्द भएको चार घण्टामा केहीबेर अघि मात्रै पुन: सुचारु भएको छ । तर, अस्पताल सञ्चालकको तिव्र दबाबमा खुलाए पनि स्वास्थ्य सेवा प्रवाह गर्न नसकिने त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *