चैते दशैं सुरु,प्रसिद्ध बागलुङ कालीका सुनसान,पुजा स्थगित

आदर्श अनलाइन,बागलुङ

यो वर्षको चैते दशैं सुरु भएको छ ।

चैत शुक्ल प्रतिपदाको दिनदेखि सुरु हुने यो वर्षको नवरात्रि अरु समय जस्तो भिन्न छैन । कोरोनाको प्रभावका कारण बाहिर जानसक्ने अवस्था छैन । सोमबारदेखि सरकारले एक हप्ते लकडाउन जारी गरेकोले मन्दिर जान समेत समस्या हुने अवस्था छ । त्यसैले यो नवरात्रमा सबैले आआफ्नै घरलाई नै मन्दिर सम्झिएर नवरात्र मनाउनुपर्ने देखिन्छ ।

कोरोनाको कारण यतिबेला परिवारसँग रमाएर बस्नुको विकल्प नै छैन । साथीहरुसँग भेटघाट गर्ने अवस्था छैन । यस्तो अपस्थामा आएको नयाँ वर्षमा कसरी मनाउने घरमा नै बसेर चैते दशैं रु दशैंको समयमा पोषणविद्हरुले खानपानमा समेत ध्यान दिन सुझाव दिने गर्छन् ।

चैते दशैमा हजारौंको भीड हुने बागलुङ कालीका भगवती मन्दिरमा यसपटक सुनसान छ । ऐतिहासिक रुपमा बर्षेनी हुने मेला पनि यो वर्ष रोकिएको छ ।

चैत्राष्टमी मेलाको रुपमा ५ सय वर्षअघि देखि चल्दै आएको मेला संसारभर कोरोना भाइरसको जोखिमका कारण बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले विज्ञप्ति प्रकाशित गरेर यो वर्ष पूजा र मेला नहुने जनाएको छ । साथै गुठीले आम नागरिकलाई घरघरमै पूजा गर्न भनेको छ। मन्दिरका पूजारी र सुसारे मिलेर बुधबार बिहान औपचारिक पूजामात्र गरेको गुठीका अध्यक्ष राजु खड्काले आदर्श अनलाइनलाई बताए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *