तमानखोला गाउँपालिकाले सात वटा क्वारेन्टाइन बनाउँदै

डम्मर बुढा मगर, बागलुङ
बागलुङ तमानखोला गाउँपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संभावित जोखिमलाई मध्यनजर गर्दै क्वारेन्टाइन बनाउन सुरु गरेको छ ।

गाउँपालिकाले जनजागृति माध्यमिक विद्यालय बोङ्गादोभानमा सात वटा क्वारेन्टाइन बनाउन थालेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

उहाँले संघ र प्रदेश सरकारको परिपत्र कार्यन्यन गर्दै संक्रमणबाट जोगिन ग्रामीण क्षेत्रमा प्रचारप्रसारलाई तीव्रता दिएको बताउनुभयो ।

कसैमा संक्रमणको आशंका लागेमा तत्कालै हस्पिटलसम्म पु¥याउनको लागि ३ वटा गाडी तयारी अवस्थामा समेत राखेको अध्यक्ष बुढा मगरको भनाई छ ।

एक हप्ता पहिले बाहिरबाट गाउँपालिका प्रवेश गरेका नागरिकहरुको स्वास्थ्य चेक जाँच समेत गर्न थालिएको उहाँले बताउनुभयो ।

‘भाइरस सम्बन्धि सचेतनाको लागी गाउँ–गाउँमा पुगेर प्रचारप्रसारलाई तीव्रता दिएका छौँ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘भाइरस सम्बन्धी आवश्यक सामग्रीहरु नहुँदा हेल्थ डेक्स स्थापना गरेर स्वास्थ्य परिक्षण गर्न सकिराखेका छैनौँ, आवश्यक सामग्रीहरु ल्याउन थालेका छौँ ।’

यो पनि पढ्नुहोस्

preload imagepreload image