बागलुङे यूवाले गरे म्याग्दीका विपन्नलाई खाद्यान्न सहयोग

आदर्श अनलाईन, बागलुङ
बागलुङका पाँच युवाले म्याग्दीका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीले दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्न समस्या भएका विपन्न परिवार जापानमा रहेका बागलुङका पाँच यूवाले खाद्यान्न साम्रागी सहयोग गरेका हुन् ।

बागलुङको गलकोट घर भई हाल जापानमा रहनुभएका तोरण गैर, सञ्जिव कँडेल, बागलुङ नगरपालिका–२ का विशाल पौडेल, बागलुङ लहरेपीपलका गणेश पौडेल र सौरव पौडेलले बेनी नगरपालिका–२ ज्यामरुककोटको गौस्वाँरा, फापरखेत, भकुण्डेका २० घरपरिवारलाई प्रति परिवार ८ सय २० रुपैयाँको दरले १० किलो चामल, १ पोका दाल र २ पोका नुन वडा अध्यक्ष हिराबहादुर थापा, समाजसेवी भिमबहादुर पौडेल, यामबहादुर कार्कीले हस्तान्तरण गर्नुभएको थियो ।

बेनी नगरपालिका–३, भकिम्लीको हल्लेगौँडाको अपांगता एवं सुस्त मनस्थितिकी कमारी रोकालाई दुई हजारको एक बोरा चामल, दाल र तेल, रने कामी र मनबहादुर कामीलाई एक बोरा चामल वडा सदस्य गेमबहादुर घर्तीले हस्तान्तरण गर्नुभयो ।

बेनी नगरपालिका–६, का बास्बोटका अपांगता एवं सुस्त मनस्थितिका ६५ बर्षिय धर्मदत्त सुबेदीलाई १५ सय बराबरको खाद्यान्न र बेनपा–५ भीरमुनी खहरेखोलाका कमलबहादुर खत्रीलाई २५ सयको खाद्यान्न साम्रागी म्याग्दीमा अधिबक्ता ठाकुरप्रसाद आचार्यले हस्तान्तरण गर्नुभएको छ ।

रोजगार र ब्यापारको सिलसिलामा बागलुङबाट जापान गएका पाँचजनै यूवाले प्रति ब्यक्ति १० हजार सहयोग गरेका थिए । उक्त सहयोगबाट बाँकी रहेको रकमले मंगला गाउँपालिका–१ पूर्णगाउँ र बेनपा–६ नेपानेका विपन्न परिवारलाई सहयोग गरिने छ । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमको संयोजनमा उक्त साम्रागी वितरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *