कोरोनाले एकै दिन इटलीमा ६८३ र स्पेनमा ६५६ जनाले ज्यान गुमाए

आदर्श अनलाईन, काठमाडौं
कोरोना भाइरसले इटलीमा एकै दिन ६ सय ८३ जनाको ज्यान गएको छ । इटलीमा ५७ हजार ५ सय २१ जान संक्रमित छन् भने ९ हजार ३ सय ६२ जनाको उपचार भएको छ ।

एकै दिन धेरैले ज्यान गुमाउनेमा इटलीपछि स्पेन रहेको छ । स्पेनमा एकै दिन ६ सय ५६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा हालसम्म ४० हजार ५ सय १ जना संक्रमित छन्। स्पेनमा ५ हजार ३ सय ६७ जनाको उपचारको भएको छ ।

त्यस्तै फ्रान्समा पनि कोरोनाले ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दै छ। फ्रान्समा एकै दिन २ सय ३१ जनाले ज्यान गुमाएका छन्। त्यहाँ हालसम्म २० हजार संक्रमित छन् भने ३ हजार ९ सयको उपचार भएको छ ।

तीव्र रूपमा संक्रमितको संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले अमेरिका चीन र इटालीपछि अर्को इपिसेन्टर बन्न सक्ने चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *