गाउँगाउँमा जनचेतना जगाउँदै

आदर्श अनलाईन, बागलुङ
कोरोना भाईरसको सक्रमणको जोखिमलाई न्युनिकरण गर्नका लागि स्वास्थ्य संस्था र वडा कार्यालयले गाउँगाउँमा जनचेतना अभिबृद्धिका कार्यक्रमहरु संचालन गरेका छन् ।

बागलुङ नगरपालिका भित्रका सबै वडाहरुले गाउँमा माईकिङ गर्नुका साथै अन्य जनचेतनाका कार्यक्रमहरु पनि संचालन गरेका छन् । बिहिबार बागलुङ नगरपालिका–८ सिगानामा गाउँभरी माईकिङ गरिएको छ । स्वास्थ्य संस्थाको संयोजनमा वडा भित्रका हरेक समुदायमा कोभिड–१९ का बारेमा जनचेतनामुलक सन्देश प्रवाह गरिएको छ ।

त्यसैगरी वडा अध्यक्ष जित बहादुर क्षत्रीको संयोजनकत्वमा १९ सदस्यीय कोरोना संक्रमण रोकथाम समन्वय समिति गठन गरिएको सिगाना स्वास्थ्य चौकीका प्रमुख विष्णु पौडेलले जानकारी दिए ।

त्यस्तै स्वास्थ्य संस्थामा आउने सेवाग्रहीका लागि साबुन पानीले हात धुने व्यवस्थाका साथै उनिहरुलाई कोरोना सम्बन्धी केही जानकारी दिने गरिएको स्वास्थ्य संस्था प्रमुख पौडेलले बताए ।

वडा भित्र महिला स्वास्थ्य स्वय सेविकाको सहयोगमा हरेक आमा समुहमा समेत यसको बारेमा जनचेतना मुलक कार्यक्रम संचालन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *