आदर्श अनलाइन, काठमाडौ
बैतडीका एक स्वास्थ्यकर्मीमाथि स्थानीय सरकारले स्थापना गरेको ‘क्वारेन्टाइन’मै कुटपिट भएको छ ।
पुर्चौडी नगरपालिकास्थित कुवाकोट स्वास्थ्यचौकीका अहेब करनसिंह धामीमाथि क्वारेन्टाइनमै कुटपिट भएको हो ।
भारतबाट आएको छोरालाई क्वारेन्टाइनमा राखेको भन्दै स्थानीय नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् ।
नरेन्द्रका छोरा सुनिलसहित पुर्चौडीका सातजना बुधबार राति घर फर्किएका हुन् ।