काठेखोला ५ र ६ मा विदेशबाट आएका १५ जना होम क्वारेनटाईनमा

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिका वडा नम्बर ५ र ६ मा विदेशबाट आएकाहरुलाई होम क्वारेन्टानमा राखिएको छ ।

वडामा जापान, बहराईन, भारत लगाएतका देशहरुबाट आएकाहरुलाई होम क्वारेनटाई मा राखिएको वडा ५ का वडा सदस्य भुमिश्वर कँडेल जानकारी दिए ।

प्रहरी र वडा प्रतिनिधहरु घर मानै पुगेर उनीहरुको अवस्था सामान्य रहेकोले होम क्वारेनटाईन बस्न लगाइएको छ ।

वडामा जापानबाट आएका ६ जना, भारतबाट ८ जना बहराईनबाट १ जना गरि १५जनालाई होम क्वारेनटाईन राखिएको वडा सदस्य शिवलाल कँडेलले बताए ।

गाउँपालिका भित्र आठै वटा वडाहरु समेत माईकिङ्ग गरि सबैलाई घर भित्रै बस्न र सचेत रहन समेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए ।

थापाले विश्वभरी महामारीको रुपमा फैलिएको कोराना भाईरस बारेमा स्थानीयहरुलाई सचेतना गराइरहेको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *