बागलुङ नगरपालिकाले दिवा खाना खुवाउने

सुवास गौतम, बागलुङ

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथामका लागि बागलुङ जिल्लाका विभिन्न स्थानीय तहहरु समेत क्रियाशिल हुन् थालेका छन् ।

जिल्लाका स्थानीयतहहरु मध्ये बागलुङ नगरपालिकाले थुप्रै सर्तकता तथा राहतका कार्यहरु थालेको छ । बागलुङ नगरपालिकाले लकडाउनका कारण रोजीरोटी गुमेर हात मुख जोर्न समस्या भएकाहरुलाई भोलिदेखि दिवा खाना खुवाउने भएको छ ।

यस्तै नगरपालिकाले लकडाउनका कारण मजदुरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकालाई राहत उपलव्ध गराउनका लागि वडास्तरबाट लगत संकनको कामलाई समेत अगाडि बढाएको बगालुङ नगरपालिका प्रमुख जनकराज पोडेलले जानकारी दिनुभयो ।

शनिबारदेखि कुडुँलेको शालग्राम संग्रहालय तथा वेद विद्याश्रमको संयोजनमा धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा दिवा खाना खुवाइने भएको हो । यस्तै नगरपालिकाले नगरपालिकाको बजार क्षेत्रमा कोरोना रोकथामका लागि किटनाशक औषधी छर्ने कार्य गर्न समेत थालेको छ ।

यस्तैगरी नगरपालिकाले १५ लाखको राहत तथा उद्दार कोष स्थापना गर्ने र यसमा थप सहयोग गर्न सबैलाई आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *