कोरोना भाइरसबाट जोगिन वातावरण संरक्षण मञ्चको सचेतना अभियान

आदर्श अनलाईन, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर ३ बोहरागाउँमा रहेको वातावरण संरक्षण मञ्च युवा क्लवले गाउँ–गाउँमा जनचेता फैलाउँदै हिँडेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोखिनको लागि क्लवले हात धुने साबन सहित गाउँ–गाउँमा नागरिकहरुलाई जनचेतना फैलाउँदै हिँडेको क्लवका सचिव कपीलदेव चन्दले जानकारी दिनुभयो ।

क्लवले करिब ३ सय घरमा हात धुने साबन वितरण समेत गर्न थालेको छ । क्लवका पदाधिकारीहरुले स्थानीयहरुलाई अनावश्यकरुपमा घरभन्दा बहिर ननिस्कनको लागि अनुरोध गरेको सचिव चन्दले बताए ।

सामाजिक रुपमा काम गर्दै आएको क्लवले महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न प्रचारप्रसार समेत गरेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *