गलकोट नगरपालिकाले दियो स्वास्थ्यकर्मीलाई पीपीई र सेनिटाइजर

डम्मर बुढा मगर, बागलुङ
गलकोट नगरपालिकाले स्वास्थ्य संस्थाहरुमा पीपीई र सर्जिकल माक्स उपलब्ध गराएको छ ।

महामारीको रुपमा फैलिएको कोरोभा भाइरस संक्रमित बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई मध्यनजर गरी नगरपालिकाले पीपीई र सर्जिकल माक्स उपलब्ध गराएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

नगरपालिकाले काठमाडौबाट १० थान पीपीई लिएकोमा हरिचौर प्राथमिक स्वास्थ्य केन्द्र ४ थान उपलब्ध गराइसकेको छ भने अन्य ६ वटा ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा वितरण गर्ने प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

नगरपालिकाले स्वास्थ्य संस्थाहरुमा सर्जिकल माक्स र सेनिटाइजर प्रयाप्त मात्रामा वितरण गरेको उहाँको भनाई छ ।

उहाँले विभिन्न स्वास्थ्य संस्थाहरुमा ८ सय ५० सेनेटाइजर वितरण गरि सकेको बताउनुभयो । नगरपालिकाले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारहरुलाई प्रयाप्त पुग्ने गरि माक्स सेनिटाइजर वितरण गरेको उहाँको भनाई छ ।

‘हामीले गलकोट नगरपालिकाको सबै स्वास्थ्य संस्था र विभिन्न संघ संस्थाहरुमा प्रयाप्त मात्रमा माक्स वितरण गरेका छौँ,’ उहाँले भन्नुभयो ‘स्वास्थ्यकर्मीहरुलाई पनि उहाँहरु सुरक्षित हुने गरि काम गर्ने वातावरण मिलाइरहेका छौँ ।’

प्रवक्ता भण्डारीको अनुसार गलकोट नगरपालिकाले १२ वटा क्वारेन्टाइन निर्माण गरेको छ । अहिलेसम्म क्वारेन्टाइनमा कोहि पनि बसेको छैन ।

नगरपालिकाले चैत महिनामा विदेशबाट आएकाहरु तथ्याङ्क संकलन गरी वडा अध्यक्ष मार्फत होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । विभिन्न देशहरुबाट चैत महिनामा १ सय २८ जना गलकोट भित्रिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *