गोरु काट्दै गरेको अवस्थामा पर्वतका तीन युवा पक्राउ

आदर्श अनलाई, पर्वत
पर्वतमा गोरु काट्दै गरेको अवस्थामा तीन युवा पक्राउ परेका छन् ।

जिल्लाको महाशिला गाउँपालिका वडा नम्बर २ भोक्सिङमा मासु खानको लागि गोरु काट्दै गरेको अवस्थामा महाशिला २ भोक्सिङका १६ वर्षीय सुजन गुरुङ, २७ बर्षिय लोकेन्द्र गुरुङ र महाशिला १ होश्राङदीका २७ बर्षिय पिताम्बर भुसाललाई प्रहरीले पक्राउ गरेको हो ।

तीनै जनालाई इलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट जिल्ला प्रहरी कार्यालय पर्वत चलान गरिएको लुंखुमा कार्यरत प्रहरी सहायक निरिक्षक कृष्णप्रसाद पनेरुले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *