बागलुङ नगरपालिकाले छर्कियो कोरोना भाइरस संक्रमित युवतीको गाउँमा कीटनाशक औषधी

आदर्श अनलाई बागलुङ
बागलुङ नगरपालिकाले कोरोना भाइरस संक्रमण पुष्टि भएकी युवतीको गाउँमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केको छ ।

युवतिको गाउँमा सम्भावित जोखिमलाई मध्ये नजर गर्दै नगरपालिकाले दमकलको प्रयोग गरि कीटनाशक औषधि छर्किएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयोे ।

युवतिको गाउँभरीनै कीटनाशक औषधी छर्किएको छ । नगरपालिकाले ३ हजार ५ सय लिटर झोल गाउँमा छर्किएको शाखाका सहसंयोजक डिल्ली आचार्यले बताउनुभयो ।

उक्त गाउँसँगै नगरपालिकाले बागलुङ बजारको मुख्य मुख्य चोकमा किटनाशक औषधी छर्किएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *