अन्ततः ढोरपाटनका युवाको स्वाब परीक्षण गरिने

आदर्श अनलाईन, बागलुङ
कोरोना संक्रमित युवतीसँगै आएका बागलुङ ढोरपाटन नगरपालिका वडा नम्बर ५ का युवाको स्वाब परिक्षणको लागि पठाइने भएको छ ।

फ्रान्स र बेल्जियमबाट कतारहुँदै एकै बिमानमा आएका दुई युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि ती युवाको पनि स्वाब परिक्षण गर्न थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

युवाको स्वाब नमुन लिनको लागि स्वास्थ्य प्राबिधिक टोली बुर्तिबाङ गएको गुरौले जानकारी दिनुभयो । उनको स्वाब परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइने उहाँको भनाई छ ।

युवामा कोरोना भाइरसको कुनै पनि लक्षण देखा नपरेको बताइएको छ । उनी स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *