अञ्चल अस्पताल बागलुङमा आए डाक्टर सहित आवश्यक सामग्री

आदर्श अनलाईन, बागलुङ
नेपाल सरकारले धौलागिरी अञ्चल अस्पतालमा विभिन्न सामग्रीहरु उपलब्ध राएको छ ।

स्वास्थ्य विभागबाट डाक्टर झलक गौतमको टोलीले अस्पतलाको लागि आवश्यक सामग्रीहरु लिएर आएको अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्रबि पोखरेलले जानकारी दिनुभयो ।

टोलीले पीपीई ५० थान, सर्जिकल माक्स ५ हजार, सेनिटाइजर, ग्लोब्स लगायतका सामग्री लिएर आएको पोखरेलले जानकारी दिनुभयो ।

यस अघि केही आवश्यक सामग्रीहरुको अभाव रहेकोमा अब केही समयको लागि आवश्यक सामग्री आएको उहाँको भनाई छ ।

आवश्यक सामग्री आइसकेपछि कोरोना संक्रमित बिरामीलाई चेकजाँच गर्न सकिने डाक्टर पोखरेलले बताउनुभयो । प्रयाप्त मात्रा नभए पनि केही समयसम्मको लागि सामग्री आएको् उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *