निसीखोला–४ ले दियो गरिब तथा विपन्न परिवारलाई खाद्यान्न

आदर्श अनलाईन, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर ४ ले गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसरको कारण ज्याला मजदुर गरेर हातमुख जोड्नेहरुको समस्यालाई लक्षित गरि खाद्यान्न वितरण गरेको वडा अध्यक्ष टिकानिधि पौडेलले जानकारी दिनुभयो ।

वडा कार्यालयले सोमबार ३६ जना अति गरिब तथा मजदुर परिवारलाई खाद्यान्न वितरण गरेको उहाँले बताउनुभयो ।

उनीहरुलाई चामल, तेल, दाल लगायतका सामग्रीहरु उपलब्ध गराइएको हो ।

‘कोरोना भाइरसको कारण ज्याला मजदुर गरेर खाने नागरिहरुलाई समस्या परेको हुँदा, यो संकटको समयमा वडाले उनीहरुलाई केही राहत उपलब्ध गराएका हौँ ।’ उहाँले भन्नु भयो ।

सोमबार ३६ परिवारलाई खाद्यान्न सामान उपलब्ध गराएको भन्दै मंगलबार पनि बाढ्ने बढ्ने अध्यक्ष पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *