‘लकडाउन’ प्रभावकारी बनाउन सक्रिय जनप्रतिनिधि

आदर्श अनलाईन, बागलुङ
कोरोना भाईरस (कोभिड–१९) का कारण नेपालामा लकडाउन भएको पनि एक साता भै सकेको छ ।

सरकारले पुन आगामी २५ गते सम्मका लागि थप गरेको छ । सहरी क्षेत्रमा विस्तारै लकडाउन प्रभावकारी भएको छ । तर ग्रामिण भेगमा भने अझै समस्या आएको छ । विशेष त विदेशबाट आएका नेपाली दाजुभाई हालसम्म पनि गाउँमा यता उता डुल्ने हुँदा त्यसले थप समस्या निम्ताउने हो की सर्वसाधारणमा चिन्ता छ ।

गाउँमा अझै आवत जावत निरन्तर रहेको छ । गाउँमा बाहीरी व्यक्ति कोही नआउन र लकडाउनलाई प्रभावकारी बनोस भन्ने उद्देश्यहरु स्थानिय तहका जनप्रतिनिधिहरु यसलाई प्रभावकारी बनाउन लागिरहेका छन ।

जिल्लामा एक जना १८ वर्षीय किशोरीमा कोरोनाका संक्रमण देखिए सँगै जिल्लाबासीमा केही त्रास पनि छाएका छ । यो अवस्थामा अहिले एक गाउँ बाट अर्को गाउँ अत्यावश्यक काम बाहेक आवत जावत बन्द गरिएको छ भने विदेश बाट आएका सर्वसाधारणको लागत संकलन गरी होम क्वारेन्टाईनमा राखिएको छ ।

जिल्लाको बागलुङ नगरपालिकाका दक्षिण बलेवा क्षेत्रका तिन वटै वडाले विभिन्न स्थानमा सुचना टासी अत्यावश्यक बाहेक गाउँमा नआउनका लागि आग्रह समेत गरेका छन ।

हामी गाउँलाई कोरोनाको जोखिम भन्दा बाहिर राख्नका लागि यो अभ्यास गरेका हौं बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले भने, ‘लकडाउन गाउँमा केही फितलो भएका कारण यसलाई प्रभावकारी बनाउन गाउँ प्रवेश गर्ने नाकामा सूचना नै जारी गरेका छौं । अत्यावश्यक काम बाहेक कसैलाई पनि गाउँ छिर्न दिईने छैन ।

पौडेलका अनुसार वलेवा क्षेत्र प्रवेश गर्ने पर्वत, जैमिनी र बागलुङ सदरमुकामबाट आउने सिमानाबाट निषेध गरिएको छ । अमलाचौर, पैयुँपाटा र नारायणस्थानले संयुक्त रुपमा यस क्षेत्रमा अत्यावश्यक काम बाहेक कसैलाई पनि आउन निषेध गरिएको जनप्रतिनिधिहरु बताउँछन ।

जनप्रतिनिधि लकडाउन प्रभावकारी बनाउन मात्र हैन गाउँमा यसको बारेमा सचेतना फैलाउनका निम्ती स्वास्थ्यकर्मीलाई साथमा लिएर हिँडेका छन । हामी पहिले विदेश बाट आएका व्यक्तिहरुको लागत संकलन ग¥यौं र उनिहरुलाई होम क्यारेन्टाईनमा बस्न आग्रह गरेका छौं वडा अध्यक्ष पौडेलले भने, हालसम्म पैयुँपाटामा मात्र २४ जना नागरिक विदेशबाट आएका छन ।

उनिहरुलाई घरबाहिर ननिस्कन आग्रह गरेका छौं यदि घरबाहिर निस्केमा कारबाही गछौं समेत भनेका छौं । उनलाई छुट्टै क्वारेन्टाईन बनाएर एकान्तमा राखिने छ । पौडेलका अनुसार अहिले गाउँ गाउँमा यसको बारेमा केही सचेत भएका छन ।

त्यसैगरी बागलुङ सदरमुकाम देखी तित्याङ जाने झोलुङ्गे पुलमा पनि समय निर्धारण गरिएको छ । पुलबाट विहान र बेलुकाको केही समयमा मात्र आवत जावतको व्यवस्था गरिएको वडा अध्यक्ष गणेश थापाले जानकारी दिए ।

जिल्लाका अन्य स्थानिय तहले पनि लकडाउनलाई प्रभावकारी बनाउनका निम्ती एक स्थानबाट अर्को स्थानमा नजानका लागि आग्रह गरेका छन । यसरी जनप्रतिनिधि नै सक्रिय भए सँगै जिल्लामा लकडाउन प्रभावकारी बन्दै गएको छ ।

यो पनि पढ्नुहोस्

‘लकडाउन’ प्रभावकारी बनाउन सक्रिय जनप्रतिनिधि

  1. What’s Happening i am new to this, I stumbled upon this
    I’ve found It positively helpful and it has helped me out loads.
    I’m hoping to give a contribution & aid different customers like its
    helped me. Great job.

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *