मुख्यमन्त्रीका राजनितिक सल्लाहकार नेपालीद्वारा घर भाडा छुट

आदर्श अनलाईन, बागलुङ ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनितिक सल्लाहकार गोविन्द बहादुर नेपालीले बागलुङको रामरेखामा रहेको आफ्नो घरमा भाडामा बस्नेहरुको चैत महिनाको भाडा छुट गर्ने घोषणा गर्नुभएको छ ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)ले गर्दा विश्वनै ठप्प भएको अवस्थामा मानविय धर्म निभाउदै घरभाडा छुट गरेको उहाँले बताउनुभयो ।

नेपालीले यस अघिनै आफ्नो १ महिनाको पारिश्रमीक कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषलाई दिने घोषणा गरिसक्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *