नेकपा नेता महतले गरे एक महिनाको घर भाडा छुट

आदर्श अनलाईन, बागलुङ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला सदस्य रुद्र महतले एक महिनाको घर भाडा छुट गर्नुभएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ सिर्जना टोलका नेता महतले आफ्नो घरमा डेरा गरि बस्दै आएका नागरिकहरुलाई एक महिनाको करिब ४० हजार रुपैयाँ छुट गर्नु भएको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले मानव जाति पनि संटकमा परेको बेला नागरिहरुले काम गर्न सक्ने अवस्था नभएको भन्दै एक महिनाको भाडा छुट गर्दा थोरै भए पनि राहत मिल्ने हुँदा सहयोग गर्न थालेको बताउनुभयो ।

‘कोरोना भाइरसको कारण सर्वसाधारणले काम गर्ने अवस्था छैन, यो बेला सहयोग गर्नु मानवीय दायित्व हो,’ उहाँले भन्नुभयो ‘संकटमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु पर्छ भन्ने भावनाले मैले एक महिनाको भाडा छुट गर्ने निर्णय गरेको हुँ ।’

सरकारले पनि घर धनीहरुलाई भाडा छुटको लागि अनुरोध गरेको छ । सरकारको आग्रहलाई मनन गर्दै घरमा बस्नेहरुको समस्या बुझेर भाडा छुट गरेको उहाँले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *