कोरोना अपडेट:निको हुने १ लाख ६५ हजार,मृतक संख्या ३७ हजार

काठमाडौं

कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३७ हजार नाघेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको कोरोना तथ्यांक अनुसार नेपाली समय अनुसार मंगलबार बिहान ७ बजेसम्म विश्वभर ३७ हजार ६ सय ३८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ।

कोरोना भाइरसको कारणले इटालीमा सबैभन्दा बढी मानिसको ज्यान गएको छ। इटालीमा ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसेका छन्। इटालीमा एकै दिनमा ८ सय १२ जनाले ज्यान गुमाएका छन्।

इटालीमा संक्रमितको संख्या एक लाख १ हजार ७ सय ३९ पुगेको छ। स्पेनमा ७ हजार ७ सय १६ जनाको मुत्यु भएको छ।

चीनमा मुत्यु हुनको संख्या ३ हजार ३ सय ५ जना पुगेका छन्।

फ्रान्समा मुत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ।

इरानमा मुत्यु हुनेको संख्या २ हजार ७ सय १६ पुगेको छ।

अमेरिमा मुत्यु हुनेको संख्या ३ हजार १ सय ४८ पुगेको छ।

विश्वभर ७ लाख ८४ हजार ३ सय १४ जनाको कोरोना भाइरसबाट संक्रमित भएका छन्। विगत २४ घण्टामा संसारभरी ६० हजार ९ सय ६१ जना नयाँ बिरामी थपिएका छन्।

कोरोना संक्रमितमध्ये १ लाख ६५ हजार २ सय ८८ जना उपचारपछि निको भएका छन्। उनीहरु अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेका छन्।

पछिल्लो २४ घण्टामा संसरभरी ३ हजार ७ सय १५ जनाको मुत्यु भएको छ।

नेपालमा हालसम्म ५ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। एक जना उपचारपछि निको भइसकेका छन्। ४ जनाको उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *