गरिब, मजदुरका लागि गण्डकी प्रदेश सरकारद्वारा बागलुङमा ७० लाख बजेट

आदर्श अनलाईन बागलुङ
गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले बागलुङ जिल्लामा रहेका गरिब, मजदुरका लागि ७० लाख बजेट छुट्याएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ज्याला मजदुरी गरेर खाने नागरिकहरुको समस्यालाई ध्यानमा राखेर बजेट छुट्याइएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गाोविन्द नेपालीले जानकारी दिनुभयो ।

मजदुरहरुको लागि स्थानीय तह मार्फत जिन्सी राहत दिनेगरी जिल्लाका ४ नगरपालिकालाई १०/१० लाख र अन्य गाउँपालिकालाई ५/५ लाख छुट्याइएको नेपालीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *