विपन्नका घरमा खाद्यान्न लिएर पुगे बिमका जनप्रतिनिधि र युवा

आदर्श अनलाईन म्याग्दी
म्याग्दीको मालिका गाउपालिका–७ बिमका वडा अध्यक्ष रेशम जुग्जालीको नेतृत्वमा मंगलबार विपन्न र अशक्तलाई खाद्यान्न र सरसफाईका सामग्री वितरण गरिएको छ ।

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्ने ४३ घरधुरीलाई स्थानीय स्रोत जुटाएर खाद्यान्न वितरण गरिएको हो ।

बिमका युवा क्लव, आमा समूह, जनप्रतिनिधि, शिक्षक, अगुवा र प्रवासीहरुबाट सहयोग जुटाएर ७५ हजार रुपैयाँ मूल्य बराबरको चामल, दाल, तेल, सावुन, नुन घरघरमै पुगेर वितरण गरेको वडा अध्यक्ष जुग्जालीले बताउनुभयो ।

४३ घरधुरीका १३४ जनाका लागि लकडाउन भएको चैत ११ देखि २५ गतेको अवधिलाई पुग्ने गरी खाद्यान्न वितरण गरिएको हो । ३० बोरा चामल, ९० केजी दाल, ५ प्याक तेल, ५० केजी नुन र १०० पिस साबुन वितरण गरिएको थियो ।

खाद्यान्न खरिदका लागि मोना हङकङका पुर्व अध्यक्ष दल शेरपुञ्जाले १९ हजार, हिराजित स्मृति युवा क्लवले १५ हजार, हिमाली युवा क्लवले १५ हजार, बिमबाङ युवा क्लवले १५ हजार, जन्मभूमि युवा क्लवले दश हजार र ढुनोट युवा क्लवले पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।

वडा अध्यक्ष जुग्जालीले पाँच हजार, किसानी माविका प्रअ जंग गर्बुजाले चार हजार, वडा सदस्य वुद्धीबहादुर जुग्जालीले तीन हजार, वडा सदस्य सरु श्रीपालीले दुई हजार, वडा सचिव नबिन पुनले तीन हजार, तल्लो गाउ टोल सुधार समितिका अध्यक्ष याम जुग्जालीले एक हजा, ढुनोट टोल सुधार अध्यक्ष पुर्ण जुग्जालीले एक हजार र किसानी माविका शिक्षक सुर्मन गर्बुजाले एक हजार रुपैया सहयोग गर्नुभएको थियो ।

वडा अध्यक्ष जुग्जालीले खाद्य सामग्री ढुवानीका लागि निशूल्क ट्याक्टर र स्थानीय यातायात ब्यवसायी चाम्बीर जुग्जालीले ट्याक्सी सेवा उपलब्ध गराउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *