निसीखोला २ र ४ दिए ८८ गरिबलाई खाद्यान्न

आर्दश अनलाई, बागलुङ
बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ४ र २ ले वडामा गरीब, विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

सोमबारदेखि वितरण सुरु गरेको वडा नम्बर ४ ले ६४ जनालाई राहत दिएको छ ।

वडाले ६४ परिवारलाई प्रति परिवार ३० केजी चामल, तेल र केजी दाल हस्तान्तण गरीएको वडा अध्यक्ष टिकानिधी पौडेलले बताउनु भयो ।

विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा समेत त्यसको रोकथामका निम्ती एकहप्तादेखि देश लकडाउनको अवस्थामा रहँदै गर्दा दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका र विपन्न परिवारलाई वडाको निर्णय अनुसार राहत उपलब्ध गराइएको बताइएको छ ।

आफुहरुले वडाका नागरीकलाई राहात हस्तान्तरणसँगै कोराना राकथाम उपायका विषयमा सचेत गराइएको पौडेलले बताउनुभयो ।

त्यसैगरी निसीखोला गाउँपालिका वडा नम्बर २ ले समेत वडामा रहेका गरीब, विपन्न र दैनिक ज्यालादारी गरेर परिवार चलाउँदै आएका परिवारलाई खाध्यान्न वितरण गरेको छ । वडाले २४ परिवारलाई खाद्यान्न वितरण गरेको वडा अध्यक्ष कुविर विश्वकर्माले बताउनुभयोे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *