डम्मर बुढा मगर, बागलुङ
बागलुङको जैमिनी नगरपालिकाले कोरोना विशेष राहत कोष स्थापना गरेको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसका समस्यामा परेका नागरिकको उद्धारको लागि नगरपालिकाले कोष स्थापना गरेको हो ।
नगर कार्यपालिका र विपद व्यवस्थापन समितिको बैठकले ३० लाख रुपैयाँको राहत कोष स्थापना गरेको नगर प्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो ।
कोषबाट जैमिनी नगर भित्रका अति गरिब तथा विपन्न परिवारलाई राहत उपलब्ध गराउने र बाहिरी जिल्लाबाट यहाँ कामको सिलसिलामा आएका नागरिकहरुको उद्धार गरिने नगर प्रमुख पौडेलको भनाई ।
‘यहाँ थुप्रै गरिबहरु छन्, मजदुरी नगरी बिहान बेलुकाको छाक टार्न नसक्ने नागरिकहरु छन्, उनीहरुलाई यस कोषबाटै राहत प्रदान गर्ने छौँ,’ नगर प्रमुख पौडेलले भन्नुभयो ‘दुखमा परेका हरेक नागरिहलाई यही कोषबाट राहत दिने योजना बनाएका छौँ ।’
पौडेलले यस कोषमा विदेश तथा स्वदेशमा हुने नागरिकहरुले पनि सहयोग गर्ने अपेक्षा लिएको बताउनुभयो ।