कोरोना संक्रमित युवती आएको जहाजमा आएका तङग्रामका युवाको स्वाब लिईयो

आदर्श अनलाईन, बागलुङ ।
कोरोना संक्रमणको पुष्टी भएकी बागलुङकी युवती आएको जहाजमा आएका काठेखोला गाउँपालिका–४ तङग्रामका एक युवाको कोरोना परिक्षणको लागि स्वाब लिईएको छ ।

स्पेन हुँदै चैत ७ गते कतार एयरवेजको क्यूआर ६५२ बाट काठमाडौं आएका युवा चैत ९ गते काठमाडौंबाट यती एरलाइन्समा पोखरा हुँदै साही दिन बागलुङको तङग्राम स्थीत आफ्नो घर आएका थिए ।

मंगलबार स्वास्थ्य कार्यालय बागलुङका ल्याव टेक्निसियन डिल्ली प्रसाद आचार्य र स्वास्थ्य कार्यालय बागलुङका कोल्ड चेन असिस्टेन्ट विरेन्द्र कुमार चौधरी युवाको घरमै पुगेर स्वाब संकलन गर्नुभएको हो ।

युवामा कोरोना सम्बन्धी लक्षणहरु नदेखिए पनि सतर्कताको लागि होम क्वारेन्टाईनमा बसेको र वडा अध्यक्ष केशर थापाको आग्रह पछि गाउँमै पुगेर स्वास्थ्यकर्मीको टोलीले स्वाबको नमुना संकलन गरेको हो । उनको स्वाब परिक्षणको लागि बुधवार पोखरा पठाईने स्वास्थ्य कार्यालय बागलुङका कोल्ड चेन असिस्टेन्ट विरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *