कोरोना अपडेटः ४२ हजारको मृत्यु, १ लाख ७८ हजार निको

आदर्श अनलाइन,काठमाडौं

विश्वमा कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ४२ हजार नाघेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यंक अनुसार नेपाली समय बुधबार बिहान ७ बजेसम्म मुत्यु हनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ।

विश्वमा ८ लाख ५७ हजार ९ सय ५७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। त्यस्तै १ लाख ७८ हजार ९१ जना उपचारपछि घर फर्किसकेका छन्।

पछिल्लो २४ घण्टामा संसारभर ७२ हजारभन्दा बढी नयाँ बिरामी थपिएका छन् भने ४ हजार भन्दा बढी मानिसको मुत्यु भएको छ।

२४ घण्टामा अमेरिका सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। एकै दिनमा २४ हजार भन्दा बढी मानिस अमेरिकामा संक्रमित भएका छन् भने सात सय भन्दाबढी मानिसको मुत्यु भएको छ। योसँगै अमेरिकामा १ लाख ८८ हजार १ सय ७२ जना संक्रमित भएका छन्। मुत्यु हुनेको संख्य ३ हजार ८ सय ६७ पुगको छ।

इटालीमा मुत्यु हुनेको संख्या १२ हजार ४ सय २८ पुगेको छ। इटालीमा १ लाख ५ हजार १ सय ७२ जना संक्रमित भएका छन्। स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित भएका छन् भने ८ हजार ४ सय ६४ जनाको मुत्यु भएको छ।

५ हजार भन्दा बढी मानिस निको भएर घर फर्कने देशहरु
चीनमा ७६ हजार २ सय ६ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।

स्पेनमा १९ हजार २ सय ५९ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।

जर्मनीमा १६ हजार १ सय मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

इटालीमा १५ हजार ७ सय २९ जना संक्रमित बिरामी निको भएर घर फर्किसकेका छन्।

इरानमा १४ हजार ६ सय ५६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

फ्रान्समा ९ हजार ५ सय १३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

अमेरिकामा ७ हजार २४ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।

दक्षिण कोरियामा ५ हजार ४ सय ८ जना निको भएर घर फर्किसकेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *