क्वारेन्टाइनमा बागलुङका संघीय सांसद के गर्दैछन् ?

देशमा तीन तहको सरकार छ । खासमा प्रतिनिधि सभा अर्थात संघीय सभा देशको नीति निर्माणको छलफल र जनताका गम्भिर समस्याहरुबारे संसद मार्फत सरकारको ध्यानाकर्षण गर्ने गराउने थलो हो । जसमा बागलुङ जिल्लाबाट दुई प्रत्यक्ष र दुई समानुपातिक सांसद छन् । तर, हाम्रो समाजको अवस्था र चेतनास्तर यस्तो छ कि नीति निर्माणका लागि पठाइएका सांसदले पनि जनताको हर दुःख, अप्ठ्यारा समस्यामा सारथी बन्ने भुमिका जरुर निभाउनै पर्ने बाध्यता छ । अहिले सामाजिक सञ्जाल र अनौपचारिक कुराकानीमा पनि संघीय सांसदको भुमिका खोजी हुन थालेको छ । अहिलेको कोरोना संकटमा पनि जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद कहाँ छन् ? के गर्दैछन् ? आदर्श अनलाइनकर्मी डम्मर बुढा मगरले जवाफ खोज्ने प्रयास गरेका छन् :

देवेन्द्र पौडेल
संघीय सांसद, बागलुङ क्षेत्र नम्बर २

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथामको लागि बागलुङका सबै स्वास्थ्य संस्थाहरुमा पीपीई लगायतका सामग्रीहरु पु¥याउन पहल गरिरहेको छु । बागलुङका १० वटै स्थानीय तहका प्रमुखहरुसँग सम्पर्क गरेर समन्वय गरेको छु । उहाँहरुको मागलाई मध्यनजर गरी सबै स्थानमा पीपीई पु¥याउनको लागि स्वास्थ्य मन्त्रीसँग कुराकानी पनि भइरहेको छ । स्वास्थ्य मन्त्रालय र बाहिरबाट आएका केही गरि आजै सबै स्वास्थ्य इकाईहरुमा पुग्ने गरि पीपीई जाँदैछ । मैले जिल्लाका सिडियो सापलाई फोन गरेर पीपीई आउँदैछ । दश वटै ठाउँमा पु¥याइदिनु होला भनेर भनेको छु र थप पठाउने पहल भएको छ ।

बागलुङमा रहेको धौलागिरी अञ्चल अस्पतालमा कोरोना भाइरस जाँच गर्ने मेशिन नभएकाले प्रयाप्त स्वास्थ्य सामग्री नभएकाले यस बिषयमा पनि के गर्न सकिन्छ ? हामी छलफलमै छौ । बागलुङ जिल्लाका सबै बजारहरुमा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरुको अवस्था के छ पुगे नगपुगेको बुझेर त्यसको व्यवस्थापको निम्ति लागिरहेका छु ।

डा. सूर्य पाठक
संघीय सांसद, बागलुङ क्षेत्र नम्बर १

कोरोना भाइरस रोकथामको लागि बागलुङमा कोरोना जाँच गर्ने मेशिन ल्याउनको लागि मन्त्री ज्यूसँग माग गरेका छौ । बागलुङमा एक जना किशोरीमा कोरोना संक्रमण पुष्टि भएपछि नागरिकहरु त्रसित भएको भन्दै सबैले सतर्कता अपनाउन समेत आग्रह गरेको छु । स्वास्थ्य संस्थाहरुमा अति आवश्यक सामग्री र पीपीई पु¥याउने काममा जोड दिएको छु । अ ञ्चल अस्पतालमा आएको छ । अरु थप सामानहरु पनि पठाउने कार्य भइरहेको छ । स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग सहकार्य समन्वय गरेर विषम परिस्थितलाई पार लगाउनका लागि आफ्नो पदिय भुमिकाबाट प्रयासरत छु ।

मनकुमारी केसी
संघीय सांसद

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि केन्द्र प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिरेहेको छु । कोरोना भाइरसले सबै त्रसित भएको समयमा स्वास्थ्यकर्मीको मनोबल बढाउन र उनीहरुको सुरक्षाको लागि आश्यक सामग्रीहरु ल्याउनको लागि पहल गरिरहेको छु । कोरोनाले आम नागरिकलाई त्रसित बनाएको छ, यसको संक्रमणबाट जोगिनका लागि सबै तहका निकायहरुसँग छलफल गरिरहेको छु । आवश्यक सामग्री, औषधी व्यवस्थापनको लागि पहल र नागरिकहरुलाई सचेत गराउने काम भइरहेको छ । प्रदेशका मुख्य मन्त्रीसँग समन्वय गरि अस्पतालहरुमा चाहिने स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न लागि परेका छौ । ‘कोरोनाको संक्रमण रोक्न सरकारले देश नै लकडाउन गरेको अवस्थामा मजदुरी गरेर हातमुख जोड्नेहरुका लागि केहि राहत योजना मार्फत सम्बोधन गर्ने प्रयास भएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य गरेको छु । अन्य बिरामीहरुको औषधीको लागि व्यवस्थापनको लागि पहल गरेको भन्दै विदेशबाट आएका नागरिकहरुलाई पनि क्वारेन्टाइनमा बस्न आग्रह गरेको छु ।

ज्ञानकुमारी छन्त्याल
संघीय सांसद

कोरोना भाइरस रोकथामको लागि बागलुङको सबै स्वास्थ्य संस्थामा आवश्यक सामग्री पु¥याउनका लागि माग गरेको छु । स्वास्थ्यकर्मीको सुरक्षाको लागि अति आवश्यक पीपीई लगायतका सामग्रीहरु गाउँ–गाउँका स्वास्थ्य इकाईमा पु¥याउनको लागि स्वास्थ्यमन्त्रीसँग कुराकानी गरिएको छ । कोरोना भाइरसले गर्दा सबै नागरिक आतंकित भएका छन् । यस बेला सरकारको सहयोग खोजेका छन् । सरकारसँग सहकार्य गरेर कोरोना रोकथामको लागि लागेको छु । फोन मार्फत जनतालाई सहज रहन आग्रह गरेको छु । स्थानीय जनप्रतिनिधिहरुसँग यस विषयमा छलफल गरिरहेको छु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *