कोरोना संक्रमण : २४ घण्टामा ७६ हजार बढी संक्रमित, ४८ सय ८३ को मृत्यु

आदर्श अनलाइन, काठमाडौं

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हिजोको तुलनामा बढेको छ । वितेको २४ घण्टामा ७६ हजार ८ सय ३४ नयाँ संक्रमित फेला परेका छन् भने ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ ।

हिजो ७३ हजार ६ सय १७ जना नयाँ संक्रमित फेला परेका थिए । त्यस्तै ४ हना। ५ सय ३५ जनाले ज्यान गुमाएका थिए ।

योसँगै कोरोना भाइरसको संक्रमण विश्वका २०३ देशका ९ लाख ३५ हजार १ सय ८९ नागरिकमा पुगेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९२ पुगेको छ ।

संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ८९ जनाले स्वास्थ्य उपचार गराई घर फर्केका छन् । अहिले ६ लाख ९४ हजार ८ जना विश्वका विभिन्न अस्पताल, आइशोलेसन, क्वारेन्टाइनमा उपचाररत छन् ।

जसमध्ये ३५ हजार ४ सय ७४ जनाको अवस्था गम्भीर छ । कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छ । जहाँ २ लाख १५ हजार ३ जना संक्रमित हुँदा ५ हजार १ सय २ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै मृत्यु इटालीमा सबैभन्दा बढी छ । १ लाख १० हजार ५ सय ७४ जना संक्रमित हुँदा इटालीमा १३ हजार १ सय ५५ जनाले ज्यान गुमाएका छन् । स्पेनमा १ लाख ४ हजार १ सय १८ संक्रमित हुँदा ९ हजार ३ सय ८७ जनाले ज्यान गुमाएका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको नयाँ संक्रमण अहिले (बितेको २४ घण्टा) चीनमा देखिएको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *