पर्वतमा अन्य जिल्लाबाट आएकालाई पनि क्वारेन्टाइनमा राख्न शुरु

आदर्श अनलाइन,पर्वत

कोभिड–१९ को सम्भावित जोखिम रोक्न विदेश वा लामो यात्राबाट आएकाहरूलाई दुई साता छुट्टै राख्न समेत कठिनाई भैरहेको बेला पर्वतको फलेबास नगरपालिकाले छिमेकी जिल्लाबाट प्रबेश गरेकालाई पनि क्वारेन्टाईनमा राख्न शुरु गरेको छ ।

फलेबास नगरपालिकाले दोस्रो चरणको लकडाउन शुरु भएपछि छिमेकी जिल्लाबाट आएकालाई समेत क्वारेन्टाईनमा राख्न थालेको हो ।

नगरपालिकाले पोखराबाट गाउँमा आएका ३ जनालाई वडा नं २ थापाठानामा बनाईएको क्वारेन्टाईनमा राखेको छ । लक डाउनको अबधीमा जो जहाँ बसेको छ, सुरक्षित साथ बन्नुपर्नेमा छिमेकी जिल्लाबाट आउनेहरु पनि संक्रमितको सम्पर्कमा पुगेको हुन सक्ने भएकाले दुई हप्ता क्वारेन्टाइनमा राख्न थालिएको नगरपालिकाका प्रमुख पदमपाणी शर्माले बताउनुभयो ।

जिल्ला प्रशासन र स्थानीय तहका अनुसार चैत पहिलो सातायता कोभिड–१९ ले संक्रमित देशहरूबाट मात्रै फर्किएकाहरूको संख्या साढे दुई सयभन्दा बढी छ। अन्य जिल्लाबाट आउनेहरूको संख्या यकिन छैन। जोखिमयुक्त मुलुक र लामो यात्राबाट गाउँ आएकालाई अलग्गै राख्न सबैजसो स्थानीय तहले क्‍वारेन्टाइन कक्ष बनाएका छन्। जिल्लामा हालसम्म ३ सय ५४ शय्याका क्‍वारेन्टाइन बनिसकेका छन्। फलेबास बाहेक बिहादी गाउँपालिकामा भारतबाट फर्केका २ जना रहेका छन भने कुस्माको क्वारेन्टाइनमा रहेका चार जनालाई नै घर पठाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *