सुखद समाचार : ढोरपाटनका युवाको रिपोर्ट नेगेटिभ

आदर्श अनलाईन, बागलुङ

कोरोना संक्रमण पुष्टी भएकी युवतिसँगै कतारबाट आएका ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौरका युवाको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाइरस संक्रमणको आशंकामा उहाँको स्वाब परिक्षणको लागि सोमबार काठमााडौँ पठाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

कतार एयरवेजको क्यूआर ६५२ बाट उहाँ संक्रमित युवतीसँगै नेपाल आउनुभएको थियो । कतार एयरवेजको विमानमा सवार काठमाण्डौंकी युवतीलाई कोरोना संक्रमण पुष्टि भए पछि विमानमा सवार यात्रुको खोजी गरि उहाँको स्वाब परिक्षणको लागि पठाइएको थियो ।

यो पनि पढ्नुहोस्