मेयर नेपालीद्वारा १ सय ५ परिवारलाई खाद्यान्न वितरण

आदर्श अनलाइन, बागलुङ
ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीले नगरपालिकाका १ सय ५ परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

मेयर नेपालीले बिहिबार आफ्नो व्याक्तिगत तर्फदेखि वडा नम्बर १, २, ३, ५, ६ र ७ का प्रति परिवार चामल, तेल, चिनी, नुन, केजी दाल र चाउचाउ हस्तान्तरण गरेका छन् ।

मेयर नेपालीले आफ्नै निवासबाट राहात वितरण गरेका हुन् । वडा नम्बर ४, ८ र ९ वडाका नामावलीमा छुट भएका परिवारलाई गाडी मार्फत घर घरमै राहात पु¥याइने मेयर नेपालीले बताए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसरका कारण दैनिक मजदुर गरेर जीविकोपार्जन गर्दै आएका गरिब, विपन्न र असहाय परिवारलाई राहात उपलब्ध गराइएको उनले बताए ।

प्रदेश सरकार मार्फत आएको रु १० लाख र नगरपालिकाको तर्फबाट बजेट थप गरी फुनः राहत वितरण गर्ने र त्यसका लागि आवश्यक तयारी भइरहेको मेयर नेपालीले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *